अमेरिका– अमेरिकाले जर्मनी तथा डेनमार्कको यात्रामा रोक लगाएको छ । बढदो कोरोना महामारी फैलिएपछि चेतावनी दिदै यात्रा नगर्न भनेको हो । अमेरकाको सिडिसीले यात्रा परामर्श जारी गदै यी देशहरुको यात्रा नगर्न भनेको हो । यी मुलुकहरुमा कोरोना संक्रमण व्यापक फैलिएपछि अमेरिकाले आफना नागरिकलाई यात्रा नगर्न चेतावनी दिएको हो ।
सिडिसीले यी मुलुकको यात्रालाई उच्च जोखि भनेर राखेको छ । यस अघि नै सिडीसीले ७५ देशहरुमा यात्रा प्रतिबन्ध लगाइसकेको छ । जसमा अधिक युरोपियन मुलुकहरु रहेका छन् ।
अष्ट्रिया, ब्रिटेन, बेल्जियम, युनान, नर्वे, स्वीजरल्यान्ड, रोमानिया, आयरल्यान्ड तथा चेक रिपब्लिक रहेका छन् ।
२०१९ को अन्ततिर चीनबाट सुरु भएको महामारी युरोप अमेरिका हुदै संसारभर फैलिरहेको छ । महामारी रोकथाम अझै हुन सकेको छैन ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...