अमेरिका– कोरानाको नया भेरियन्ट ओमिक्रोन अमेरिकामा पनि भित्रिएको पृष्ठि भएको छ ।
क्यालिफोर्निया निवासी एक व्यक्तिमा कोरोनाको नया भेरियन्ट ओमिक्रोन संक्रमण भएको पृष्ठि भएको हो । कोरोनाको दुबै डोजको भ्याक्सिन समेत लगाइसकेका उनमा यो ओमिक्रोनको संक्रमण भेटिएको हो ।
अमेरिकाका वरिष्ठ संक्रमक रोग विशेषज्ञ एन्थोनी फाउचीले अमेरिकामा ओमिक्रोनको पहिलो संक्रमण पृष्ठि भएको जानकारी दिएका छन् । गएको नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट फर्केका एक व्यक्तिमा सात दिनपछि कोरानाको नया भेरियन्ट ओमिक्रोनबाट संक्रमण भएको पाइएको हो । उनमा संक्रमणबाट अहिले सामान्य लक्षण देखिएको छ । उनलाई क्वारेन्टाइनमा बस्न भनिएको छ ।
दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनको संक्रमण अहिले २३ वटा मुलुकमा फैलिसकेको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...