टेक्सस– टेक्ससको हयुस्टन नजिकै आइतबार राती एउटा रमाइलो उत्सव मनाइरहेको समयमा भएको गोलीकाण्डमा एक जनाको ज्यान गएको छ ।
हयुस्टनबाट झण्डै २५ माइल पश्चिममा बेटाउनको नर्थ मार्केट लुप नजिकै भएको घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गंभीर रहेको बताइएको छ । उक्त उत्सवमा ५० भन्दा बढी मानिसहरु भेला भएका थिए । घाइते मध्ये एक जना बालक रहेका छन् । गंभीर घाइतेहरुलाई हेलिकप्टर मार्फत अस्पताल पुराइएको थियो । उत्सव मनाउने क्रममा मानिसले आकाशमा बेलुन उडाइरहेका बेला एउटा सवारी भीडमा आएर अज्ञात व्यक्तिले गोली चलाएका थिए ।
घटनाका अभियुक्त पक्राउ परेका छैनन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...