अमेरिका– संसारकै धनी व्यक्ति टेस्लाका मालिक एलन मस्कले यो वर्ष १० बिलियन डलर अमेरिकी सरकारलाई ट्याक्स फिर्ता गर्नुपर्ने अनुमान गरिएको छ ।
न्युज एजेन्सी ब्लुमबर्गको एक रिपोर्टमा उनले यतिसम्म ट्याक्स फिर्ता गर्नुपर्ने अनुमान लगाएको हो । यो रकम हेर्दा पनि अमेरिकाको इतिहासमा सबैभन्दा धेरै ट्याक्सन तिर्ने व्यक्ति मान्न सकिन्छ । तर कसले कति धेरै ट्याक्स ति¥यो भनेर अमेरिकामा आधिकारिक घोषणा भने गरिदैन । गएको जुन महिनामा उनको कमाइको बारेमा एउटा तथ्याङक बाहिर आएपछि उनले तिर्नुपर्ने ट्याक्सको अनुमान लगाइएको हो ।
उनले फिर्ता गर्नुपर्ने टयाक्सको रकम उनको एउटा सानो हिस्सा मात्र हो ।
मस्कलाई अमेरिकाको चर्चित टाइम्स म्यागजिनले पनि यस वर्षको पर्सन अफ द इयरको रुपमा घोषणा गरेको छ । एलन मस्कको नेटवर्क संसारमै सबैभन्दा अगाडी बढीरहेको छ । उनी २५५ बिलियन डलरका साथ संसारमै टप वानमा रहेका छन् ।