अमेरिका–अमेरिकामा रहेका गैरकानुनी आप्रवासीलाई वर्कपरमिट दिने डेमोक्रेटहरुको योजना विफल भएको छ ।
सिनेटको पार्लियामेन्टेरियनले डेमोक्रेटको योजनलाई अमान्य गरिदिएको हो । डेमोक्रेटको योजना कागजपत्र नभएका आप्रवासीलाई टिपिएस हुदै ग्रिनकार्डको बाटोमा लैजाने रहेको थियो । २०११ भन्दा अगाडी अमेरिका आएका कागजपत्र बिहीनलाई दस वर्षको वर्क परमिट दिने डेमाक्रेटको योजना असफल भएको छ । यसले कानुनी प्रकृयाबाट काम गर्ने प्रतिक्षा गरिहेका हजारौ आप्रवासीको आशा निराशामा परिणत भएको छ ।
आप्रवासी प्रति लचिनो निति लिएका राष्ट्रपति जो बाइडेनको योजना एक पछि अर्को गदै असफल भइरहेको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...