अमेरिका– अमेरिकी नौसेनाको जहाजले अरब सागरबाट ३८५ किलोग्राम हिरोइन जफत गरेको छ ।
जफत गरिएको हिरोइनको मुल्य ४० लाख अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।
अमेरिकी जहाज युएसएस टेम्पेस्ट तथा युएसएस टायफुनले मध्यपुर्व जलक्षेत्रमा माछा समात्ने एउटा जहाजमा लुकाएर राखेको अवस्थामा हिरोइन बरामद गरेको हो । उक्त जहाजमा कुनै पनि देशको नाम नभएको बताइएको छ ।
अमेरिकी नौसेनाका प्रवक्ता टिमोथी हाकिन्सले माछा समात्ने उक्न जहाज संभवत इरानबाट आएको हुन सक्ने बताएका छन् । उक्त जहाजका चालक दल सहित ९ सदस्यको पहिचान इरानी नागरिकको रुपमा भएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...