टेक्सस– टेक्ससमा एक महिलालाई बन्धक बनाउने एक व्यक्ति प्रहरी कार्वाहीमा मारिएका छन् ।
टेक्ससको डयालस देखि उत्तरपश्चिम झण्डै ४० माइलको दुरीमा अवस्थित डेन्टनको अर्पाटमेन्टमा महिलालाई गर्दनमा चक्कु राखेर बन्धक बनाएका उनी मारिएका हुन । प्रहरीले बन्धक बनाउने व्यक्तिको नाम सार्वजनिक गरेको छैन । घटना शुक्रबार राती भएको हो ।
प्रहरीले ति व्यक्तिसंग पटक पटक कुरा गर्न खोज्दा कयौ पटक उनले चक्कु ति महिलाको गर्दन माथि राखिरहे । सुरक्षाका लागी प्रहरीले गोली चलाउदा ति व्यक्ति घाइते भए भने महिला सुरक्षीत रहीन । घाइते भएका उनलाई अस्पताल लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले ति पुरुष र महिलाको सम्बन्धको बारेमा पत्ता लगायने कोसिस गरिरहेको छ ।
एजेनेसी
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...