अमेरिका– जैतुनको तेलबाट हुने फाइदालाई लिएर एउटा नया अध्ययन अगाडी आएको छ । अध्ययन अनुसार हरेक दिन सात ग्राम भन्दा बढी जैतुनको तेल सेवन गर्नाले हदयरोग, क्यानसर तथा श्वासतन्त्र सम्बन्धी रोगबाट मुत्यु हुने खतरामा कम हुने बताइएको छ । यो अध्ययन जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित भएको हो ।
यो अध्ययनमा शोधकर्ताले ६० हजार महिला तथा ३१ हजार भन्दा बढी पुरुषहरुलाई सामेल गराएका थिए ।
अध्ययनकर्ताले गरेको अध्ययनमा जैतुन तेलको नियमित सेवन गर्नेहरुमा क्यानसरबाट मुत्यु १७ प्रतिशत, हदय १९ प्रतिशत र श्वासतन्त्र सम्बन्धी रोगमा १८ प्रतिशत मुत्युको खतरा कम पाइएको थियो ।
टेक्सस– अमेरिकाको टेक्ससको ...
अमेरिका– पत्याउनु हुन्छ , ...