अमेरिका– अमेरिकाले आईएसआईएसका सनाउल्लाह गफ्फारीको सुचना दिनेलाई दस मिलियन पुरस्कार राखेको छ ।
काबुल विमानस्थलमा आत्मघाती हमलाका मुख्य योजनाकार भन्दै उनलाइ मोस्टवान्टेड सुचीमा राख्दै उनी बारे सुचना दिनेलाई पुरस्कार घोषणा गरेको हो । गएको अगष्ट २६ मा काबुल अन्तराष्ट्रिय विमानस्थलमा भएको हमलामा उनलाई जिम्मेवार ठहराइएको छ । उक्त हमलामा १८५ जनाको ज्यान गएकोमा १३ जना अमेरिकी सैनिक पनि सामेल थिए ।
गफ्फारी अफगानिस्तानमा आईएसआईएसको उच्च स्तरको कमान्डर रहेको बताईन्छ ।
आईएसआईएसको उच्च नेतृत्वले २०२० जुनमा गफ्फारीलाई आतंककारी संगठन आईएसआईएसको कमान्डरको जिम्मेवारी दिएको थियो ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...