अमेरिका– कोरोनाभाइरस संक्रमणको दर अहिले बिस्तारै कम हुदै गएको छ ।
तर कोरोनाभाइरस खतरा भने कमी भएको छैन । यसकारण अमेरिका फेरि कोरोना भ्याक्सिनको चौथो डोज दिने तयारीमा जुटेको छ । यसैलाई ध्यानमा राखेर अमेरिकाका वरिष्ठ संक्रमक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले
कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टका लागी चौथौ डोजको भ्याक्सिन सिफारिस गर्न लागिएको बताएका छन् ।
राष्ट्रपति जो बाइडेनका स्वास्थय सल्लाहकार समेत रहेका फाउचीले
ओमिक्रोनको चौथो डोजका लागी प्रकृया अघि बढाउन लागेको उनले खुलासा गरेका हुन । कोरोनाभाइरसको नया भेरियन्टको खतरालाई लिएर स्वास्थविज्ञहरुले थप समस्या ननिम्त्याउन चौथो डोजको आवश्यकता महसुस गरेका हुन ।
इजरायलमा भ्याक्सिनको चौथो डोज लगाउने काम सुरु भइसकेको छ ।
अध्ययन अनुसार चौथो डोजले कोरोना भाइरसबाट बच्ने क्षमता दुई गुना बढी देखिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected