अमेरिका– संसारका अर्बपति मानिएका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले संसारमा छिट्टै कोरोना जस्तै अर्को महामारी आउने बताएका छन् । उनको यो चेतावनी संगै जनमानसमा अर्को तनाव बढाइदिएको छ । उनले अहिले कोरोना महामारीबाट गंभीर रुपले बिरामी हुने क्रम नाटकीय ढंगले कमी भएको समेत बताए । यसो हुनुमा मानिसमा यो भाइरस प्रति प्रतिरोधक क्षमता पैदा भइरहेको बताएका छन् ।
सिएनबिसी टेलिभिजनको एउटा अन्तवार्तामा बिल गेट्सले भविष्यमा आउने नया महामारी कोरोनाभाइरस परिवारको एक अलग रोगाणुबाट आउन सक्ने बताए । यसका लागी अहिले देखि नै सर्तक रहनुपर्ने समेत सुझाव दिएका छन् ।
माइक्रोसफ्टका संस्थापक रहेका उनले कोरोना पछिल्लो दुई वर्षदेखि हाम्रो बीचमा रहेको र यसको खराब असर कम हुदै गएको बताए ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...