तनहॅु-नाबालिका गायिका माथि बलात्कार मुद्धामा तनहॅु हिरासतमा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहॅुल् पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायधिस हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई थुनामा राख्न आदेश दिएको हो । दुई दिनसम्म चलेको थुनछेक बहसपछि अदातलले यस्तो आदेश गरेको हो । जिल्ला अदालतको आदेशसगै पल शाहलाई जिल्ला कारागार तनहुमा चलान गरिएको छ,।
यस्तै बलात्कार मतियारको अभियोग लागेका शाहका म्यानेजरलाई भने १ लाख धरौटीमा छाडन अदालतले आदेश दिएको छ ।
फेरि नवलपरासीको नवलपुर अदालतमा समेत शाह विरुद्ध थुनछेक बहस हुने बताइएको छ । अदालतले विभिन्न मुख्य आधारलाई लिएर शाहलाई थुनामा पठाउन आदेश दिएको हो ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...