पोखरा, १९ कात्तिक । कास्की काँग्रेस कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा
उम्मेद्वारी दर्ताका लागि जुलुस सहित जाने भएको छ ।
कास्की काँग्रेसको मङ्गलबारको बैठकले कात्तिक २१ गते बिहीवार पोखराको
सभागृहबाट जुलुससहित उम्मेद्वारी दर्ताका लागि निर्वाचन कार्यालय जाने
निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
कास्की काँग्रेसले मातहतका समितिसहित शुभेच्छुकलाई जुलुसमा सहभागी हुन
अनुरोध गरेको छ ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।
अमेरिका– विश्वमै प्रख्यात ...
अमेरिका-अमेरिकाको ओहोयोको ...