टेक्सस– रक्तदान जीवनदान भन्ने उदघोष सहित आईतबार टेक्ससको करि लिफ रेष्टुरेन्टमा रक्तदान कार्यक्रम सकिएको छ ।
नेपाल अमेरिका पत्रकारसंघ को आयोजना तथा बल्ड डनर्स एशोसिएसन टेक्ससको सहकार्यमा कार्यक्रम भएको हो ।
रक्तदानमा टेक्सस वरपरका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । रक्तदानमा सहभागी हुन ५४ जनाले दर्ता गराए पनि ४८ जना मात्रै रक्तदानका लागी योग्य भएको आयोजक संस्था नेजाका अध्यक्ष विकाशराज न्यौपानेले जानकारी दिए । उनका अनुसार यो संख्या पछिल्लो समय भएका रक्तदान भन्दा उच्च हो ।

टेक्ससमा नेपाली समुदायको बाक्लो उपस्थिति संगै यहा नियमित रुपमा रक्तदान कार्यक्रमहरु आयोजना हुन थालेका छन् । कार्टर ब्लड सेन्टरले रगत संकलन गरेको थियो ।
‘एक जनाले गरेको रक्तदानले तीन जनाको जीवन बचाउछ’ ब्लड डनर्स एशोसिएसन टेक्सस च्याप्टरका अध्यक्ष अजय बाग्ले ले भने– ‘पछिल्लो समय रक्तदान प्रति नेपाली समुदायको उत्साह बढीरहेको छ ।’
२००९ मा टेक्ससमा बल्ड डर्नश एशोसिएसनको स्थापना भएपछि टेक्ससमा नियमित रुपमा रक्तदान हुन थालेपछि नेपाली समुदायहरु सहभागी हुदै आएका छन् ।

टेक्ससमा यसरी सुरुवात भयेा रक्तदान

टेक्ससमा पहिलो पटक २०१२ मा विभिन्न संस्थाहरु संग मिलेर ब्लड डोर्नस अफ अमेरिकाले पहिलो रक्तदान कार्यक्रम गरेको थियो । पहिलो पटक ड्यालसमा भएको रक्तदानमा ३३ जना नेपालीले रक्तदान गरे ।

२००९ मा अमेरिकामा स्थापना भएको थियो ब्लड डोर्नस अफ अमेरिका । टेक्सस शाखा भने २०१४ मा स्थापना भयो । ब्लड डर्नस अफ अमेरिकाको संस्थापक अध्यक्ष भने अर्जुन मैनाली हुन । उनैको पहलमा संस्था स्थापना भएको हो । अमेरिकामा रक्तदानको अभियानलाई दु्रतर गतिमा अगाडी बढाउनुमा डा नन्द रेग्मीको योगदान महत्वपुर्ण छ । २०१६ मा उनी ब्लड डोर्नस अफ अमेरिकाको अध्यक्ष भएपछि रक्तदानको अभियानले नया मोड लियो । उनले रक्तदानको अभियानलाई अगाडी बढाए ।
संस्थामा धेरै सदस्य बन्न देखि धेरै भन्दा धेरै रक्तदान कार्यक्रमहरु आयोजना भए । २६ पटक सम्म रक्तदान गरिसकेका डा रेग्मी कै पहलमा टेक्सस लगायत अमेरिकाका विभिन्न राज्यमा रक्तदान कार्यक्रमहरु भए ।


‘रक्तदान दिने देखि यो अभियानमा लाग्नेहरु सहयोगीहरु नै हुन, डा रेग्मीले भने– ‘अमेरिकाको व्यस्त जीवनमा पनि सबैले रक्तदान गरेर मानवीय सेवा संगै धेरैलाई नया जीवन दिन सफल भएका छन् ।’
उनका अनुसार संस्था स्थापना भए यता अहिले सम्म १० हजार नेपालीले रक्तदान गरेर धेरैको जीवन बचाएका छन् ।

विडीए टेक्सास को टिम ज्यादै प्रभावकारी छ । वासु श्रेष्ठ ,गंगा थापा ,अजय वगाले ,संतोष कार्की ,प्रेम श्रेष्ठ ‘लगायतका साथिहरुले ज्यादै मिहिनेत र लगानका साथ सहयोगी भूमिका निर्वाह गरेका छन् ।डालस का रक्तदाता नेपालीहरु र सम्पूर्ण नेपाली संघ संस्थाको सहयोग ले रक्तदान कार्य यहा ज्यादै प्रभावकारी भएको हो।

 

टेक्सस राज्यमा नेपालीहरुको बाक्लो बसोबास संगै यहा“ महिनामा ५ देखि ६ वटा रक्तदान कार्यक्रम विभिन्न ठाउ“मा हुदै आएका छन् ।
टेक्ससमा रक्तदान अभियानलाई अगाडी बढाउनमा शिव काफ्ले पनि सक्रिय छन् । उनी नेपालमा राष्ट्रिय बाणिज्य बैकमा जागीरे हुँदा देखि नै रक्तदान अभियानलाई अगाडी बढाउदै आएका थिए । अमेरिका आएपछि पनि उनी यो सेवाको क्षेत्रमा कम्मर कसेर लागेका छन् ।

अहिलेसम्म उनले आफैले पनि  ४२ पटक रक्तदान गरिसके । सन् २०१७ देखि उनी ब्लड डोर्नस अफ अमेरिका टेक्सस शाखाका संयोजक हुन । नेपालमा भुकम्प गएको साल वासु श्रेष्ठ, काफ्ले लगायत समुहकेा पहलमा रक्तदान कार्यक्रम भएको थियो । जहा १ सय २८ जनाले रक्तदान गरेको उनी सम्झन्छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected