अमेरिका– नेपाली मुलका चर्चित हलिउड फेसन डिजाइनर प्रबल गुरुङ बाइट हाउसको रोज गार्डेनमा अमेरिकन रिसेप्सन पार्टिमा सरिक हुने क्रममा उपराष्ट्रपति कमला ह्यारिसलाई भेटेका छन् ।
भेटका क्रममा आफनो डिजाइनिङ सपना पुरा भएको श्रेय अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई दिएका छन् ।
प्रबलको कमला ह्यारिस संगको यो भेट नौलो हैन उनले उपराष्ट्रपति कमला ह्यारिसकै सपथ ग्रहणमा गुरुङले तयार पारेको डिजाइन लगाएकी थिइन । यस अघि पनि धेरै पटक प्रबल गुरुङलाई कमला ह्यारिसले बाइट हाउसमा निमन्त्रणा गरिसकेकी छिन् । यो कार्यक्रममा प्रबल गुरुङले राष्ट्रपति जो बाइडेनसंग पनि भेट गरेका छन् ।
पुर्व राष्ट्रपति बराक ओबा पत्नी मिसेल ओबामाका लागी पनि गुरुङले यस अघि डिजाइन तयार पारेका थिए । ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका, वासिङ्गटन ...