नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की क्षेत्र नं २ का उम्मेदवार नेतृ विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गर्नुभएको छ । भेटघाट गर्दै भटटराईले देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाइ व्यवस्थित बनाउन सरकारले सामाजिक सुरक्षा ऐन कायान्वयन गर्न अग्रसर भइरहेको बताउनु भयो । यसलाई थप प्रभावकारी बनाउन र श्रमीकहरुलाई थप सवलिकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभयो । देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने भएकाले सबैले श्रमको सम्मान गर्न सक्नपर्ने बताउनु भयो । जिफन्ट गण्डकीले शनिबार पोखरामा आयोजना गरेको श्रमिकहरुको भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
भट्टाईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भन्दै श्रमलाई ठुलो सानो भनेर विभाजित गर्न नहुने बताउनुभयो । दकार्यक्रम नेकपा केन्द्रिय सदस्य द्धय चुडामणि जंगली र श्रीनाथ बराल, जिफन्ट केन्द्रिय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमीकहरुको हक अधिकार र सशक्तिकरणकालागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले महत्वपूर्ण खेल्दै आइरहेको बताउनुभयो । आगामी दिनमा समेत श्रमिकको भावना र चाहानालाई कम्युनिष्ट पार्टीले सम्बोधन गर्न सक्ने उहाँहरुको भनाई थियो ।
How to Choose the Best Bit online casinos that use paypalcoin Casino If you’re new to Bitcoin casinos, you’ll want to find one that best suits your needs. When choosing the best ...
Casinos online, sometimes known as virtual casinos or Internet casinos, are online copies of real online casinos. These online casinos allow gamblers to participate in online casino games and ...