अमेरिका–अमेरिकामा भारतीय मुलका उद्यमी ५० वर्षिय निल चन्द्रन ४ दशमलव ५ करोड ठगीको आरोपमा पक्राउ परेका छन् ।
एउटा टेक्नोलजी कम्पनीको स्वामित्व लिएका उनले लगानीकर्तासंग अधिक आम्दानी दिने भन्दै झुठो आश्वासन दिएर फर्जि निवेदन दिन लगाई ठगी गरेपछि पक्राउ परेका हुन । अमेरिकाको न्याय विभागका अनुसार उनलाई अमेरिकाको लसएन्जल्सबाट पक्राउ गरिएको हो । उनले १० हजार बढीलाई ठगेकेा आरेाप छ ।
उनले टेक्नोलजी कम्पनीको एउटा गु्रपको स्वामित्व लिएर लगानीकर्तासंग सग ठगी गरेका थिए
उनी माथि ठगीको तीन मामला र अपराधिक रुपबाट सम्पत्ति हासिल गरेको आरोप लगाइएको छ । ठगीबाट आर्जन गरेको उनको सम्पत्ति सिल गरिएको छ ।
यो अपराधमा दोषी पाइएमा उनी माथि ठगीको आरोपमा २० वर्ष जेल र अर्को आरोपमा दस वर्षको जेल हुने सक्नेछ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...