अमेरिका– सन् २०२४ को निर्वाचनमा ७१ प्रतिशत अमेरिकनहरुले पुन राष्ट्रपति जो बाइडेनलाई चुनाव लडुन भन्ने चाहना नराखेको हालै एउटा नया पोल सार्वजनिक भएको छ ।
द हिलले सार्वजनिक गरेको एउटा रिपोर्टमा दस मध्ये सात भन्दा बढी अमेरिकनहरुले बाइडेनलाई दोस्रो कार्यकालका लागी रोज्न चाहदैनन । तर २९ प्रतिशतले मात्रै उनी २०२४ मा चुनाव लडन सक्ने प्रतिकृया दिएका छन् ।
दोस्रो कार्यकालका लागी बाइडेन लाई देख्न नचाहनेले उनलाई खराब राष्ट्रपतिको रुपमा हेरे । त्यस्तै तीनमा एक जनाले उनलाई उमेरले वृद्ध भएकाले उम्मेदवार बन्न नहुने बताएका छन् ।
तर २५ प्रशिततले भने अझै परिवर्तनको चाहनाका लागी बाइडेनलाई राष्ट्रपतिको रुपमा देख्न चाहे । राष्ट्रपति जो बाइडेन दोस्रो कार्यकालका लागी चाहना राखेको देखिन्छ ।
उता सर्वेक्षणमा अमेरिकीहरु ७६ वर्षिय पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा फर्किने संभावना प्रति मोहित देखिदैनन । ६१ प्रतिशतले ट्रम्पले २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्न हुदैन भन्छन् ।
धेरैले आकलन के गरेका छन् भने यदि बाइडेन–ट्रम्प आमने सामने भए मतदाताले तेस्रो विकल्पको उम्मेदवार विचार गर्नेछन् ।