अमेरिका–अमेरिकामा बिरामीहरु संग जालसाझी गरेको आरोपमा भारतीय मुलका एक व्यक्ति दोषी पाइएका छन् । सस्तो तथा छिटो रगत जाचको दाबी गर्ने हेल्थकेयर कम्पनी थेरानोसका साझेदार कारोबारी रमेश बलबानीलाई दोषी ठहराइएको हो ।
उनी माथि विभिन्न १२ वटा आरोपमा दोषी ठहराइएको छ । यदि आरोप पृष्टि भए उनलाई हरेक आरोपमा २० वर्षको जेल सजाय हुन सक्छ ।
कम्पनीकी संस्थापक एलिाजाबेथ होल्मेस यस अघि नै दोषी ठहरिएकी थिइन । एलिजाबेथले २००३ मा थेरानोसको स्थापना गरेकी थिइन ।
अमेरिकाको न्याय विभागका अनुसार एलिजावेथ र बलवानीले डक्टर तथा बिरामीलाई विभिन्न प्रलोभन देखाएर थेरानोस रगत प्रयोगशालाको प्रयोग गर्न प्रेरित गरेका थिए ।
सस्तो र छिटो छरितो सेवाको लोभ देखाएर उनिहरुले डक्टर तथा विरामीलाई धोका दिएको आरोप छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...