अमेरिका–यदि खानामा नुन थपेर खाने बानी छ भने सर्तक रहनुहोला ।
यसरी खानामा नुन थपेर खाने बानीले अकालमा मुत्यु हुन सक्ने एउटा अध्ययन सार्वजनिक भएको छ ।
अमेरिकामा ५ हजार जनामा गरिएको अध्ययनमा ग रिएको निष्कर्षमा खानामा नुन थप गरेर खाने गरेमा २८ प्रतिशत अकाल मुत्युको खतरा बढन सक्ने बताइएको छ । यो अध्ययन युरोपियन हर्ट जर्नलमा प्रकाशित भएको छ ।
शोधकर्ताका अनुसार यसरी नुन थपेर खादा मानिसको आयु कम हुदै जाने बताइएको छ । धेरै नुन खाने मानिसको अकाल मुत्यु तीन देखि चार प्रतिशत बढी हुने बताईन्छ ।
शोधका नेतृत्वकर्ता अमेरिका स्थित तुलाने युनिभर्सिटीका प्रोफेसर लु क्युई का अनुसार यो पहिलो अध्ययन रहेको र खानामा नुन थपेर खाने बानी हटाउन सके स्वस्थ जीवनमा धेरै फाईदाजनक हुने बताएका छन् ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...