गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय कार्याकारी सचिवालयको बैठकले विभिन्न विभागमा जिम्मेवारी तोकेकाे छ ।
बैठकको निर्णय अनुसार वैदेशिक रोजगारमा डा बद्री केसी, व्यापार, लगानी तथा नेपाल प्रर्वद्धनमा अर्जुन श्रेष्ठ, एनआरएनए पोलिसी इन्स्टिच्युट तथा सिप, ज्ञान र नव प्रर्वद्धनमा मन केसी, परोपकारी तथा मानव कल्याणकारी हितमा सोनाम लामा तथा महिला विषयमा रविना थापालाई जिम्मेवारी तोकिएको छ ।
बैठकले पुर्व सचिव डिबी क्षेत्री (अोमान) लाई प्रवक्ता, महेष श्रेष्ठलाई लेखा परिक्षक तथा दोस्रो एनआरएनए विज्ञ सम्मेलनको संयोजकको जिम्मा महासचिव डा हेमराज शर्मालाई जिम्मेवारी दिइएको छ ।
बैठकले स्मार्ट एनआरएए बनाउन र एक महिना भित्र बिस्तृत कार्ययोजना बनान सचिव गौरीराज जोशीलाई जिम्मेवारी दिइएको छ ।
अमेरिका -गैर आवासीय नेपाली संघ, ...
कुमारजंग कार्की न्युजर्सि एन आर ...