अमेरिका–अमेरिकामा हरेक वर्ष बन्दुक आक्रमणका घटनामा परेर ४० हजार मानिसको ज्यान जाने गरेको छ ।
यसरी ज्यान जानेमा अधिक संख्या बालबालिकाको रहेको बताइएको छ ।
यो तथ्याङक स्वयं राष्ट्रपति जो बाइडेनले सार्वजनिक गरेका हुन ।
अमेरिकामा बढदो बन्दुक संस्कृतिको विरोधमा बेला बेलामा आवाज उठदै आएको छ । तर अमेरिकामा अहिलेसम्म बन्दुक आक्रमणका घटना कम गर्न बन्दुक नियन्त्रण तर्फ अमेरिकाको संसद नकाम भइरहेको छ ।
डेमाक्रेट सासदहरुले अमेरिकामा फैलिदो बन्दुक हिंसाका घटना रोक लगाउने तर्फ आवाज उठाइरहेको छ । तर रिपब्लिकन सांसदहरुले भने सर्वसाधारणको रक्षाका लागी बन्दुक नियन्त्रण गर्न नहुने तर्क राख्दै आएको छ ।
अमेरिकामा विद्यालय, चर्च, सपिङ मल तथा सार्वजनिक स्थानमा सामुहिक बन्दुक हमलाका घटना बढीरहेको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...