विवेकशिल नेपालका महासचिव निर्देश सिलवालले गैरआवासिय नेपालीको नोट चल्ने तथा भोट नचल्ने प्रकृयाको विरोध गरेका छन् ।
नेपाल भन्दा बाहिर ८० लाख नेपाली नागरिक रहेकोमा उनीहरुको रेमिट्यान्सले देश आर्थिक अवस्थामा राहत ल्याएको बताउदै उनले गैरआवासियको नोट मात्र नभई भोट पनि चल्नु पर्नेमा जोड दिए ।
फेलोसिप पाएर एक महिने अध्ययनका लागी अमेरिका आएका नवनिर्वाचित महासचिव सिलवालले आइतबार टेक्ससको युलेस स्थित फिस्टेल रेष्टुरेन्टमा आयोजीत अन्तक्रिया कार्यक्रममा बोल्दै उनले विवेकशिल नेपालले गैराआवासिय नेपालीलाई भोटको अधिकार प्रदान गर्न अभियान चलाउने बताए ।

विवेकशिलका अन्तराष्ट्रीय संयाेजक संजय रिमाल

एक महिना अघि जनकपुरमा भएको राष्ट्रिय सम्मेलनबाट महासचिवमा विजयी सिलवालले विवेकशिल भ्रष्टाचार, बलात्कार, तथा सामाजिक कुसस्कारको अन्त्यका लागी अभियान लिएर अघि बढने बताए । उनले विवेकशिल अब केटौले पारमा नभई पाको भएर बलियो रुपमा अगाढी बढेको दाबी गरे ।
उनले विवेकशिलले अभियान, निति र संगठनलाई अब नेपालको राजनितिमा हस्तक्षेप गरेर अघि बढने बताए । उनले सातवटै प्रदेशमा संगठनात्मक अभियान चलाउने बताए ।
उनले विवेकशिल नेपाल राजनितिक दल नभई समृद्ध नेपालको अभियान लिएर अगाडी बढेको बताए । उनले अन्य पार्टिमा नेताले भनेको चल्छ तर हाम्रो पदाधिकारीले भनेको चल्छ उनले भने–‘यही भएर हाम्रो विवेकशिल अन्य दलहरु भन्दा भिन्न छ ।’

कार्यक्रममा विवेकशिलका विदेश अन्तर्गत परदेश आठ तथा अन्तराष्ट्रिय संयोजक संजय रिमालले विवेकशिल राजनिति गर्न भनेर स्थापना नभएको प्रष्ट पारे । उनले समस्या राजनितिमा रहेको बताए ।
कार्यक्रममा विवेकशिलका महासचिव सिलवाल संघ कार्यक्रममा सहभागीले विभिन्न प्रश्नहरु राखेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected