दुई दशक भन्दा लामो समय देखि मुलधारको पत्रकारितामा सक्रिय नाम हो शिव शर्मा । नेपालमा लामो समय कान्तिपुर पब्लिकेशन्समा आवद्ध भई लोकप्रियता कमाउनु भएका पत्रकार शर्माले पत्रकारितामा राष्ट्रिय अर्वाड समेत प्राप्त गरिसक्नु भएको छ । पत्रकारिताको माध्यमबाट समाजका विभिन्न पाटो केलाउदै समाजलाई सुचनाद्धारा सुसञ्जित गर्न सफल पत्रकार शर्माले प्रवासमा आएर पनि आफनो लेखनलाई निरन्तरता दिदै आउनु भएको छ ।
अमेरिकाका नेपाली समुदायका विषय उठान गदै आउनु भएका शर्माले युएसनेपाल पोष्ट नामक डिजिटल पत्रिका संचालनमा ल्याउनु भएको खबरले हामीलाई पनि उत्साही बनाएको छ । पत्रकारतिाको माध्यमबाट नेपाल समाजका लुकेका विषयलाई बाहिर ल्याउने तर्फ यस डिजिटल पत्रिकाले उल्लेख्य योगदान दिनेछ भन्ने अपेक्षा लिएको छु । यसले म मात्र नभई डायोस्पोरा नेपाली समाज पनि लाभान्वित हुनेछन् । पत्रकारिताको उहाँको सफर निरन्तर रहोस् भन्दै युएसनेपाल पोष्टको प्रगतिको कामना गर्दछु ।
अनन्य मित्र शिव शर्मा लामो समय ...
नेपालमा रहदा पुर्णकालिन ...