अमेरिका– मान्छेको भाग्य बदलिन केही बेर लाग्दैन । यस्ते अमेरिकाको मिसिगनका ५५ वर्षिय स्कट स्नाइडरले दुई रुपैयामा किनेको लोटरी टिकटबाट विजेता बनेपछि अब आजवीवन हरेक वर्ष २५ हजार डलर पुरस्कार पाउनेछन् ।
उनले अब घर बसीबसी जीवनभर यो रकम पाउने बताइएको छ । उनले मिसिगनको एउटा मोबिल ग्यास स्टनेशबाट किनेको दुई डलरको मिसिगन लोटरीबाट उनको भाग्य चम्केको हो ।
उनले सुरुमा लोटरीबाट रकम जितेको विश्वास गर्न सकेननन । उनलाई सपना जस्तै लाग्यो । जब उनले किनेको टिकट स्क्यान गरेर हेरेर तब उनले आफुले लोटरीमा पुरस्कार जितेको विश्वास गरे ।
उनले आफैले लक्की नम्बर छानेर लोटरी टिकट खरिद गरेका थिए ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...