अमेरिका–अमेरिकामा अब गाजा राख्ने हजारौ दोषीलाई माफी दिइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले केही दिन अघि मात्र यो घोषणा गरेका थिए । फेडरल ल अन्तगर्त यो गाजालाई अपराधमुक्त गर्ने दिशामा बाइडेनले यो कदम उठाएका हुन । राष्ट्रपति बाइडेनले भने– मेरो यो फैसला त्यो सोचमा आएका हो, गाजाको सेवन या राख्नेलाई जेल हुनुहुदैन ।
अमेरिकामा नशा लिएर बन्दुक हमलाका घटनाहरु अधिक हुन थालेपछि राष्ट्रपति बाइडेनले यो कदलम उठाएको हुन सक्ने बताइएको छ । अमेरिकामा गाजा सेवन र राखेको अभियोगमा पछिल्लो समय धेरैलाई जेल चलान गरिएको छ । त्यसो त कयौ अमेरिकी राज्यमा गाजा प्रतिबन्धीत र कयौमा छैन ।
राष्ट्रपति बाइडेनको यो फैसलाले गाजा राखेकै आधारमा क्रिमिनल रेकर्ड दर्ता भएकाहरुलाई फाइदा हुनेछ । जसका कारण उनिहरुले घर रोजगार तथा शिक्षाको अवसर गुमाएका छन् । बाइडेनले गाजा संग सम्बन्धीत सामान्य अपराधलाई क्षमा दिने बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected