अमेरिका– अमेरिकामा व्हाइट हाउसमा राष्ट्रपति जो बाइडेन र फलोरिडामा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ले दिपावलि मनाउने भएका छन् ।
नेपाली तथा हिन्दुहरुको दिपावली पर्व अवसरमा राष्ट्रपति बाइडेन तथा पुर्व राष्ट्रपतिले यसरी दिपावलि मनाउने योजना बनाएका हुन ।
समाचार स्रोतका अनुसार अक्टोबर २४ मा राष्ट्रपति बाइडेनले बासिङटन डिसी स्थित वाइट हाउसमा दिप प्रज्वलन गरि दिपावली बनाउनेछन् भने उता डोनाल्ड ट्रम्पले फलोरिडा स्थित मार ए लागो रिसोर्टमा अक्टोबर २१ म दिपावली मनाउने कार्यक्रम छ । भारतीय अमेरिकी सांसद तथा हिन्दुहरुको उपस्थितमा बाइडेन र ट्रम्पले आ आफनो ठाउमा दिपावली मनाउने छन् ।
विगतका वर्षहरुमा समेत अमेरिकाको वाइट हाउसमा नियमित रुपमा दिपावली पर्व धुमधाम संगै मनाइदै आएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...