टेक्सस– नेपाली दुताबासले टेक्ससको ड्यालसमा गरेको कन्सुलर सेवा सम्पन्न भएको छ ।
नेपाली समाज टेक्ससको सहकार्यमा भएको कन्सुलर सेवामा टेक्सस वरपरका नेपाली समुदायहरु राहदानी नविकरण, नया राहदानी एनआरएनए कार्ड लगायका सेवाहरु लिएका थिए । यही डिसेम्बर १५ देखि १७ तीन दिन सम्म कन्सुलर सेवा संचालन भएको थियो ।
उक्त शिविरमा ४२९ जनाले राहदानी नविकरण, नया राहदानी तथा ८७ जनाले एनआरएनए कार्ड बनाएको नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेतीले जानकारी दिए ।
नेपाली राजदुताबास बासिङटन डिसीको घुम्नी टोली ड्यालस आएर सेवा प्रदान गरेको थियो । डयालस पछि टेक्ससको हयुस्टन तथा अस्टिनमा समेत कन्सुलर सेवा भएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...