अमेरिका– अमेरिकामा पत्नीले सम्बन्धबिच्छेदको लागी निवेदन दर्ता गराएपछि पतिले परिवारका सात सदस्यको हत्या गरेका छन् ।
अमेरिकाको युटाहको इनोच शरमा भएको उक्त घटनामा हत्या गर्ने ४२ वर्षिय मिशेल हैघटले सबैको गोली हानी हत्या पछि आफुले पनि आत्महत्या गरेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।
उनले ४० वर्षिया पत्नी तौसा हैघट उनी ७८ वर्षिय सासुआमा गैल इयर्ल तथा ४ देखि १७ वर्षका पाच छोराछोरीको हत्या गरेका हुन ।
पत्नीले गएको डिसेम्बर २१ मा सम्बन्धबिच्छेदका लागी निवेदन दिएकी थिइन । सम्बन्धबिच्छेदका कारण निकै दुखीत रहेका पतिले आवेशमा आएर उक्त घटना घटाएको बताइएको छ । प्रहरीले घरबाट आठ जनाको शब प्राप्त गरेको थियो ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...