सर्वोच्च नेता गणेशमान सिंहको जीवनमा आधारित ऐतिहासिक चलचित्र वीर गणेशमान टेक्ससमा पनि प्रदर्शन हुने भएको छ ।
अमेरिका विभिन्न राज्यमा प्रदर्शन हुदै आएको उक्त चलचित्र टेक्ससको युलेस स्थित फिस्टेल रेष्टुरेण्टमा शुक्रबार प्रदर्शन हुदैछ ।
नेपाल जनसम्पर्क समिति ड्यालस फोटवोर्थ तथा वेस्ट टेक्ससको संयुक्त आयोजना नेपाल सरकारका पुर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।चलचित्र प्रदर्शनी संगै अन्तरक्रिया कार्यक्रम समेत राखिएको छ । यतिबेला गणेमान सिंहको ऐतिहासिक चलचित्र प्रदर्शनी र पार्टिका कार्यकता संग भेटघाटका लागी प्रकाशमान सिंह अमेरिकामा रहेका छन् ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...