नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा नेपाली काग्रेसका महामन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले नया संविधान अनुसार केही काम गर्न नसकेको बताएका छन् ।
नेपाल जनसम्पर्क समिति डाल्स फोटवर्ट च्याप्टरले आइतबार फिस्टेल रेष्टुरेन्ट युलेसमा आयोजीत वीर गणेशमान चलचित्र प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताले सरकारको अनुभव गर्न नपाएको जिकीर गरे । यो सरकारले साढे दुई वर्षको अवधिमा आर्थिक सम्पन्नताको केही काम गर्न नसकेको आरोप लगाए । यो सरकारले एक पछि अर्को अपराधको काण्ड दोहोराउदै अपराधीलाई संरक्षण दिने काम गरेको बताए ।
यो सरकारबाट जनताले अहिले सम्म शान्ति सुरक्षाको अनुभुति फिटिक्कै गर्न पाएका छैनन उनले अगाडी भने–‘सत्ता टिकाउने बाहेक उल्लेख्य काम यो सरकारको छैन ।’
उनले भारतले नेपालको भुभाग आफनो नक्सामा प्रकाशित गरेको विषयमा सरकारले सुरुमा चासो नदेखाएकोमा आश्चार्य व्यक्त गरे । जनता विरोधमा उर्तेपछि सरकारले सर्वलदलिय बैठक बोलाएर बल्ल चासो देखाएको बताए ।


पराष्ट्र नितिमा सरकारको काम सन्तोषजनक नभएको भन्दै उनले सरकारको विकल्प खोज्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा काग्रेस नेता तथा काठमान्डौका पुर्व मेयरका प्रत्याशी राजु जोशीले आफुलाई विवेकशीलले पार्टिले अष्टे«लिया र अमेरिकाको पैसा प्रयोग गरेर चुनावमा पराजय गरेको आरोप लगाए । उनले यस्तो पार्टिलाई जनताले राम्रो संग चिनेको बताए ।
कार्यक्रममा नेपाल जनसम्पर्क समिति ड्यालस च्याप्टरका पुर्व अध्यक्ष हरिबोल भण्डारीले लोहा पुरुष सर्वेाच्च नेता गणेशमान सिंहको त्याग र समर्पणको राजनितिलाई अहिलेका पुस्ताले शिरोधार्य गरेर अघि बढनु पर्ने बताए । चलचित्र निर्देशक नारायण पुराले वीर गणेशमान चलचित्रकाे बारेमा बाेलेका थिए ।
ड्यालस च्याप्टरका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दिनेश शर्माले गरेका थिए ।
कार्यक्रमा सर्वोच्च नेता गणेशमानसिंहको राजनितिक जीवनमा आधारित चलचित्र वीर गणेशमान प्रदर्शन गरिएको थियो । चलचित्रलाई कार्यक्रममा सहभागीहरुले रुचीपुर्वक हेरेर राम्रो भएको प्रतिकृया दिएका थिए ।
वीर गणेशमान चलचत्रिको प्रदर्शनी संगै पार्टि कार्यकर्ताका संग अन्तरक्रियामा महामन्त्री सिंह न्युयोर्क भर्जिनिया हुदै टेक्सस आइपुगेका हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected