मोडलिङको रंगीन मोहले सात समुन्द्रपारीको यो देश अमेरिकामा पनि धेरै नेपाली युवतिहरुलाई आकर्षित गरिरहेको छ । त्यसो त कतिपयलाई यहाँको नेपाली समाजमा त्यसले पहिचान पनि दिलाएको छ । काठमान्डौकी विना श्रेष्ठ अध्ययनका क्रममा अमेरिका आएकी हुन । त्यसो त उनी नेपालमै हुदा मोडलिङमा चिनिने क्रममा थिइन ।

उनले सानै उमेरमा नेपाल परिवार नियोजनको एउटा विज्ञापनमा खेलेर मोडलिङको सुरुवात गरेकी थिइन । केही र्‍याम्प शो देखि लघु सिनेमामा समेत अभिनय गरेकी उनी अमेरिका आएपछि पनि आफनो मोडलिङ मोहलाई निरन्तरता दिइरहेकी छिन् । मिस नेपाल युएस मा सहभागी भ्उर मिस क्याटवाक टायटल पाएकी थिइन । अन्तराष्ट्रिय र्‍याम्प र अंग्रेजी गीतको भिडियोमा सक्रिय विना टेक्ससमा चल्तीकी नेपाली मोडल हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected