नेपालमा रहदा पुर्णकालिन पत्रकारितामा कृयाशिल नाम हो शिव शर्मा । राष्ट्रिय पत्रपत्रिकामा समाज, वातावरण र पर्यटन संगै कला क्षेत्रमा कलम चलाउदै आफनो पहिचान बनाइसक्नु भएका शर्मा हिजोआज देश छाडेर पनि अमेरिकामा पत्रकारिता क्षेत्रमा कृयाशिल नाम हो ।
छोटो अवधिमै अमेरिकाको टेक्ससमा बसेर पत्रकारिता गरी यसै वर्ष नेजा सामुदायिक पत्रकारिता पुरस्कार विजेता शर्माले केही टिम सहित युएसनेपाल पोस्ट नामक वेभ पोर्टल संचालनमा ल्याउन लागेको कुराले हामीलाई उत्साही बनाएको छ ।
यसरी आउन लागेको समाचारमुलक वेभ पोर्टलले टेक्ससमा मात्र नभई अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने आम नेपाली समुदायका विषयलाई प्राथमिकताका साथ स्थान दिदै सही सुचना संप्रेषणमा सघाउ पुर्‍याउने छ भन्ने विश्वास लिएको छु । वेभसाईटले केवल चर्चामा रहेका पात्र मात्र नभई लुकेर रहेका पात्रहरुलाई पनि खोजी गरी जनमानसमा ल्याउने काम गरोस । छिल्लो समय खोजी पत्रकारिताको खडेरी लागीरहेको प्रवासमा युएसनेपाल पोस्ट र शिव शर्मा जीले त्यो अभावलाई परिपुर्ति गर्ने तर्फ कदम चाल्नेछ भन्ने आशा लिएको छु । अमेरिकाका विभिन्न विषयमा कलम चलाउदै आउनु भएका शर्माले युएसनेपाल पोस्टलाई अमेरिकाका प्रवासी नेपालीहरुको अन्तरआत्ममा पुगेर सबैले खोजी गर्ने समाचारमुलक डिजिटल पत्रिका बनोस भन्ने शुभेच्छा सहित उत्तरोत्तर प्रगतिको शुभकामना दिन चाहन्छु ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected