भगवती पौडेल/टेक्सस
गौथली चरा
आकाशमा उडेका
हेरीरहेको !
त्यो शरीर छ
आत्मा बोकेको घर
आशा मानेर !
गौथली आए
ऑगनको डिलमा
गाए र नाचे !
घर बनाए
बडो मेहेनतमा
खुशी मनाए !
दैव लागेको
चालै पाएनन् फेरी
भत्कियो घर !
मुटु जलेर
आगो बलेको थियो
ऑशु बगाए !
भने संहालौं
दोष नदिउँ चरा
फेरी बनाउँ !
बनाए घर
रमाए एकआपस
कोरले बच्चा !
पालो बॉधेर
चारो बटुले खाए
उडाए बच्चा !
ऑधी आयो नि
छानो उडेको घर
उडायो गुँड !
शुन्य ऑगन
आशा मरेको मन
शरीरसँग !
उ एक्लै बस्छ
गौथलीहरु उडे
खै कहॉ गए ?
अस्थाई घर
घुमिरहने चक्र
मायाजालको !
(पौडेल ड्यालसमा क्रियाशिल कवयित्री हुन)
मलाई के बिपत्तिले घेर्यो – ...
केहि महिनाको नेपाल बसाई पछि ...