काठमान्डाै संवाददाता

अस्वस्थ भइ अस्पतालमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका ल्याउने तयारी भएको छ ।
केही समय अघि अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएका ओलीलाई मृगौला प्रत्यारोपणका लागी अमेरिका लैजाने तयारी भएको हो । यसका लागी नेकपाका शीर्ष नेता र चिकित्सक बीचमा सल्लाह भइरहेको स्रोतले जनाएको छ । उनि कहिले आउने भन्ने बारेमा भने मिति तय भएको छ । यसबारेमा पार्टि भित्र आन्तिरिक छलफल भइरहेको छ ।
ओलीको मृगौला दुई पटक डायलासिस गरिसकेकोले प्रत्यारोपण गर्नु पर्ने भएकाले चिकित्सकले विदेश लेजान सल्लाह दिएका हुन ।
केही साता अघि प्रधानमन्त्री ओलीका निजि चिकित्सक डा दिव्यासिंह शाह यहा“का चिकित्सकहरुसंग छलफल गरेर फर्किएकी थिइन ।
ओलीलाई मृगौला दिने व्यक्ति अमेरिका रहेकाले पनि उनको उपचारका लागी यता ल्याउन संभावना बढेको हो ।
ओलीको मनमोहन कार्डियेथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा उपचार भइरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected