अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रकृया अमेरिकी प्रतिनिधिी सभामा जारी रहने भएको छ ।
प्रतिनिधी सभाको सभामुख नैन्सी पेलोसीद्धारा ट्रम्प विरुद्धको महाअभियोग प्रकृया जारी रहने घोषणा भएको हो ।
बुधबार डेमोक्रेटिक पार्टिको बहुमत सहितको प्रतिनिधी सभाले महाअभियोग जाचको प्राथमिक रिपोर्ट जारी गदै दोषी करार गरेको थियो ।
अमेरिकी संसद (प्रतिनिधी सभा) को जाच समितिको रिपोर्टले ट्रम्पले आफनो पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको थियो । उनले २०२० को राष्ट्रपति चुनावका लागी राजनितिक लाभका लागी यसो गरेको बताइएको छ । यसै का लागी ट्रम्पले विदेशी सरकारको कामकाजमा हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै उनी माथि महाअभियोग लगाउने पर्याप्त प्रमाण रहेको रिपोर्टको निष्कर्ष छ ।
कानुन सम्मिलत संसदीय समितिले जाँच समितिको रिपोर्टको समिक्षा गर्न सुरु गरेको छ । जाँच रिपोर्टका अनुसार ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपति चुनाव जित्नका लागी युक्रेनसंग सहायता मागेका थिए । युक्रेनका राष्ट्रपति र ट्रम्पबीच टेलिफोन वार्ता भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
ट्रम्पले आफनो प्रद्धिन्द्धीको छबि धमिल्याउन युक्रेनसंग मदत मागेको आरोप छ । ट्रम्पले आफना विरोधी र छोराको विरुद्ध जाँच सुरु गर्न माग गरेका थिए ।
वाइट हाउसले भने यी सबै रिपोर्टलाई खारेज गरिदिएको छ । वाइट हाउसले यो रिपोर्टलाई एकतर्फि रुपमा लादेर राष्ट्रपति ट्रम्पलाई घेरा हाल्ने षडयन्त्र मात्र हो । यो एउटा राजनितिक हतास मानसिकता मात्र भएको वाइट हाउसले जनाएको छ ।