युएसनेपाल पोष्ट संवाददाता
गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आगामी अधिवेशनका लागी अहिलेसम्म टेक्ससबाट पाँच जना आकाक्षी देखिएका छन् । परिषदको आगामी अक्टुबर १५ देखि १७ सम्म ९ औ अधिवेशनका लागी उनिहरु आकाक्षी देखिएका हुन । अधिवेशनमा गौरीराज जोशीले सचिव, कृष्ण लामिछाने क्षेत्रिय संयोजक, राम सि पोखरेल र वेद बस्नेत संहसंयोजक तथा उमा कार्कीले क्षेत्रिय महिला संयोजकमा अग्रसरता देखाएका छन् ।
सचिव पदमा आकाक्षी देखिएका जोशी अमेरिकाज गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा हालका क्षेत्रीय संयोजक हुन । टेक्ससमा आइटी व्यवसायमा जमेका जोशीले सामाजिक काममा समेत त्यतिकै उल्लेख्य भुमिका निर्वाह गदै आएका छन् ।
अमेरिकाज क्षेत्रका पुर्व बोड अफ डाइरेक्टर कृष्ण लामिछाने क्षेत्रीय संयोजकको उम्मेदवारीमा कसरत गरिरहेका छन् । लामो समय देखि टेक्ससमा रहेर सामाजिक क्षेत्रमा कृयाशिल लामिछाने नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष पनि हुन । अमेरिकामा नेपालीलाई पीर मर्का पर्दा उनको अग्रसरता संधै हुने गरेको छ ।
सहसंयोजक पदमा आकांक्षी देखिएका राम सि पोखरेल यस अघि एनआरएनए अमेरिकाको पुर्व उपाध्यक्ष भएर जिम्मेवारी बहन गरेका थिए । २००८ मा उनी गैरआवासिय नेपाली संघको सदस्य बने । थुप्रै संघ संस्थामा कृयाशिल पोखरेल टेक्ससमा रहेर व्यवसायीमा जमेका छन् ।सामाजिक क्षेत्रमा पनि उनको अग्रसरता रहेको छ ।
त्यसै गरी सहसंंयोजक पदमै भिडन लागेका वेद बस्नेत यस अघि एनआरएनए अमेरिकाको कोषाध्यक्ष र आइसीसी सदस्य समेत हुन । यस अघि मैले गरेको कामको आधारमा उम्मेदवारी दिने निर्णय गरेको हु उनले उम्मेदवारी घोषणा गदै अपिलमा भनेका छन्–सहसंयोजक पदमा विजय भएको खण्डमा गैरआवासिय नेपालीहरुको मुद्धाहरुमा केन्द्रित रहेर काम गर्नैछु । उनी टेक्ससमा बसेर सामजिक क्षेत्रमा पनि कृयाशिल छन् ।
उता एनआरएनए अमेरिकाको निवर्तमान उपाध्यक्ष थापाले क्ष्ोत्रीय महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् । झन्डै आठ वर्षदेखि उनी गैरआवासिय नेपाली संघमा रहेर काम गदै आएकी छिन् । हाम्रो एनआरएन बनाउन उम्मेदवारी दिएको छु उनले भनिन– सबैले सहयोग गरिदिएको खन्डमा एनआरएनमा थप काम गर्न उर्जा प्रदान हुनेछ । उनि क्यालिफोर्नियाको लामो बसाई छाडेर टेक्ससमा सपरिवार बसाई सरेकी हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected