पुर्व मिस पाकिस्तान बल्र्ड सुन्दरी ३२ वर्षीया जानिब नविदको मेरिल्यान्ड राज्यमा भएको कार दुर्घटनामा ज्यान गएको छ ।
मेरिल्यान्ड राज्यको पुलिसको रिपोर्ट अनुसार उनले हाकेको २०१८ मोडलको मर्सडीज सिएल १२ कार ओभरटेक गर्ने क्रममा दुर्घटना हुदा ज्यान गएको हो । कारबाट उनलाई प्रहरीले मृत अवस्थामा बाहिर निकालेको थियो । घटना प्रिन्स जर्ज काउन्टी क्षेत्रमा भएको थियो ।
जानिब २०११ म पेस युनिभर्सिटीबाट ब्याचलरको अध्ययन सकेकी थिइन । उनले क्यानडाको टोरन्टोमा २०१२ मा आयोजीत प्रतियोगितामा मिस पाकिस्तान बल्र्ड बनेकी थिइन । यो ताज जित्ने उनी दशौ महिला थिइन । यसै वर्ष उनी फिलिपिन्समा हुने मिस अर्थमा पनि सहभागि भएकी थिइन ।
अमेरिका-अमेरिकामा फेरि दोस्रो ...
अमेरिका-अमेरिकाले अब विना भिसा ...