भारतमा एक महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको आरोपीहरुलाई भारतीय पुलिसले मारेको खबर अमेरिकाका मूलधारे अखबारमा छाएको छ
भारतको हैदराबादमा भएको इन्काउन्टरको यो घटनालाई कतिले पुलिसको राम्राे काम। भनेका छन् भने कतिले यसमा सवाल उठाएका छन् ।
यहाको दैनिक वासिङटन पोष्टले भारतमा सर्वसाधारणले चार आरोपी मारिएकोमा खुशीयाली मनाएको खबर छापेको छ । वासिङटन पोष्टको रिपोर्टमा केही सामाजिक कार्यकर्ता र वकीलले यो मुठभेडको विषयमा प्रश्न उठाएका छन् । यसलार्य उनिहरुले गैरन्यायिक प्रकृया भएको बताएको छ । रिपोर्टले अगाडी भनेको छ कि पुलिसले यसलाई आत्मरक्षाका लागी गरेको कार्वाही बताएको छ । पुलिसले आत्मरक्षाको कहानी बनाएर आफु बच्ने उपाय निकालेको सामाजिक कार्याकर्ता र वकीलहरुको हवाला दिदै लेखेको छ ।
द न्युयोर्क टाइम्सले महिला चिकित्सकको बलात्कार पछिको हत्याको घटना अहिलेको सबैभन्दा क्रुर घटना भन्दै लेखेको छ । न्युयोर्क टाइम्सले अगाडी लेखेको छ–मुडभेडको नाम दिइएको यो घटनामा पुलिसलाई हिरो भनिएको छ । पुलिसको प्रशंसा गदै उनिहरुमा फुल वर्षा गदै सडकमा खुशीयाली मनाइएको छ ।
यता सिएनएनले पनि यो खबरलाई मुख्या प्राथमिकता दिएको छ । उसले चिकित्सकको बलात्कार पछि गरिएको हत्याको घटनामा सर्वसाधारण सडकमा निस्केर हत्यारालाई फासीको सजाय दिनु पर्ने माग गरेका थिए ।
बेलायतबाट प्रकाशित द गार्जियन र द टेलिग्राफले पनि इन्काउन्टरको समाचारलाई पहिलो प्राथमिकता दिदै छापेको छ । महिला चिकित्सकको हत्यामा सर्वसाधारणको आक्रोस थामिनसक्नु भएको भन्दै समाचार छापेको छ ।
बिबिसीले पनि सामाजिक संजालमा सर्वसाधारणले दिएको प्रतिकृयालाई लिएर समाचार दिएको छ । धेरैले पुलिसको कामलाई सराहना गदै न्याय पाएको उल्लेख गरेको छ । बिबिसीले अगाडी लेखेको छ–महिला हिंसाको बारेमा आवाज उठे पनि हिंसामा कुनै कमी आउन सकेको छैन ।