टेक्सस–इरानको क्विड फोर्सका कमाण्डर जनरल कासि सुलेमानी अमेरिकी आक्रमणमा मारिएपछि विश्वको ध्यान खिचेको छ ।
इरानले यो हत्याको बदला लिने त हैन भन्ने एउटा भयको वातावरणले पनि सबैको ध्यान तानेको हो । यो हत्यासंगै इरान र अमेरिकाबीचको दुरी पनि बढाईदिएको छ । संभावित खतरालाई मध्यनजर राख्दै अमेरिकाले पनि सबैतिर सुरक्षा अवस्थालाई मजबुत बनाइरहेको अवस्था छ ।
अमेरिकाले इरानले बदला लिन सक्ने भएकाले इराक लगायतका क्षेत्रमा आफनो सेनाहरुको निगरानी बढाएको छ । अमेरिकी विशेषज्ञका अनुसार सैन्य कमाण्डरको हत्याका बदला लिन सक्ने भएकाले यस तर्फ सजकता अपनाउने तर्फ ध्यान आकृष्ट गराएको छ ।
अमेरिकी विज्ञेषज्ञका अनुसार इरानले यसका लागी कुनै पनि समय साइबर आक्रमण गर्न सक्ने बताएका छन् । कुनै पनि बेला इरानले साइबर हमला गर्न सक्छ’ अमेरिकी विशेषज्ञले भनेका छन्– यसतर्फ अमेरिकी सुरक्षा अधिकारी सजग र सर्तक हुनुपर्छ ।’
अमेरिकी गृह मन्त्रालयले पनि सुलेमानीको हत्यापछि आफनो अति संवेदनशिल क्षेत्र र विभागहरुको सुरक्षामा ध्यान पु¥याउन निर्देशन दिइसकेको छ । अमेरिकाका कार्यबहाक गृह मन्त्री चैड वुल्फने पनि सुरक्षा अधिकारीलाई सर्तक रहन अल्र्ट गरिसकेका छन् ।
आफनो सैन्य कमाण्डर मारिएपछि इरानका सर्वोच्च नेताले अपराधीहरुमाथि कडा बदला लिने बताएपछि अमेरिकाले सबैतिर सुरक्षा अवस्थालाई मजबुत पारेको छ ।
तस्वीर एजेन्सी