–रन्जु मार्ग
कोही धनको कुरा गर्छन
कोही सुनको कुरा गर्छन
आखिर छोड़ी जानुपर्ने
दिनको कुरा किन भुल्छन ?
मूलबाट बग्ने पानी
वगरमा गैइ सुक्छ
बिहानीमा फूल्ने फूल
साझमा ओईली झर्छ
कोहि रंगको कुरा गर्छन
कोहि रूपको कुरा गर्छन
आखिर छोडि जानुपर्ने
दिनको कुरा किन भुल्छन ?
आफ़्नै दुख पहाड देख्छन
आफ़्नै सुख मुस्कुराउछन
भुलि आफ़्नै मनमन्दिर
पत्थर माथि फूल चढाउछन
कोही नामको कुरा गर्छन
कोही मानको कुरा गर्छन
आखिर छोडी जानु पर्ने
दिनको कुरा किन भुल्छन ?
– न्यूयार्क , अमेरिका
मलाई के बिपत्तिले घेर्यो – ...
केहि महिनाको नेपाल बसाई पछि ...