टेक्सस– टेक्ससको ड्यालसमा सक्रिय साहित्य सर्जक सुनिता बस्नेत थापाको एक साथ गीति एल्बम ‘सुरवी’ र ‘बिम्ब’ कविता सग्रह लोकार्पण गरिएको छ ।
काठमान्डौमा शुक्रबार आयोजीत कार्यक्रममा साहित्यकार तथा गीतकार प्रा डा कृष्णहरि बराल ले एक कार्यक्रम बीच लोकार्पण गरेका हुन ।
कार्यक्रममा कृतिको लोकार्पण गदै साहित्यकार बरालले सर्जक थापाका कृतिले महिलाका भावना र अनुभुतिलाई प्रतिनिधित्व गरेको बताए ।
कृतिका कृतिकार थापाले सग्रहको रुपमा आएका कृतिलाई पाठक तथा स्रोताले पढनेर सुनेर प्रतिकृया आउनेमा आफु आशावादी रहेको बताइन ।
अमेरिकाको व्यस्त जीवनशैलीलाई समेत पर पन्छाउदै समय निकालेर साहित्य लेखनमा सक्रिय थापाले एक साथ दुई कृति नि, निकालेकी छिन् ।
सुरबी एल्बममा मेलिना राई, शिव परियार, विश्व नेपाली, अस्मिता अधिकारी, वानिका प्रधान र विश्व नेपालीको स्वर रहेको छ । सुनिल मास्केको संगीत रहेको एल्बमक प्रदीप श्रेष्ठको एरेन्ज रहेको छ । एल्बममा समावेश गीत मध्ये तिमीलाई भेटन बोलको गीतको म्युजिक भीडियो पनि निर्माण भएको छ ।
टेकससमा विभिन्न साहित्य कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आएकी बस्नेतको विदेशिएको म, रजश्वला, दशैको आशिश चिचिला, गर्भ रुन्छ लगायतका कविताहरु लोकप्रिय छन् ।
विम्ब कविता उनले स्वर्गिय आफनाे पिता उपेन्द्र बस्नेतलाई समर्पण गरेकी छिन ।उता सुरबी एल्बम छोरीको नामबाट निकालेकी हुन ।
यो दुबै एकै चोटी लोकार्पण गर्दा आफ्नो पुर्खा प्रतिको सम्मान र सन्नततीलाई नेपाली कला साहित्यसंग जोड्ने प्रयास गरेकी छिन ।समग्रमा भन्दा ३ वटा पुस्तालाई जोड्न खोजेकि छु , उनले भनिन ।
यी दुबै क्रितिबाट भएको आय आर्जन आफ्नो लगानी कटाएर सामाजिक सेवामा आफनाे माता पिताकाे नामबाट समर्पण गर्ने बताईन ।