टेक्सस– टेक्ससको ड्यालसमा अमेरिकामा हुन लागेको जनगणना र रोजगारीको अवसरको बारेमा आइतबार नेपाली मन्दिरमा एक अभिमुखी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली समाज टेक्ससको आयोजनामा भएको कार्यक्रममा टेक्ससका २० भन्दा बढी नेपाली संघ संस्थाहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।

कार्यक्रममा अमेरिकाको जनगणना ब्युरो  विशेषज्ञ कुमुकुम जैन एशियन अमेरिकनहरुको जनगणनामा सार्वजनिक हुनुपर्ने तथा जनणनामा खेल्नुपर्ने भुमिकाका बारेमा प्रकाश पारेकी थिइन । कार्यक्रममा प्राध्यापक डा प्रभात दिक्षितले अमेरिकाको जनणनामा नेपालीहरुको बढी भन्दा बढी सहभागिता हुनु पर्नेमा जोड दिए ।
गैरआवासिय नेपाली संघ एनआरएनए आइसिसीका वरिष्ठ उपाध्यक्ष डा अर्जुन वञ्जाडेले अमेरिकाको जनगणनाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा रोजगारीको अवसरको बारेमा तयार पारिएको एउटा भिडियो पनि कार्यक्रममा देखाइएको थियो ।

नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र बाग्ले, महासचिव भानु खरेल लगायतले अमेरिकाका् जनगणनामा बढी भन्दा बढी नेपालीको सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।
यस पटकको जनगणनामा बढी भन्दा बढी नेपालीहरुको सहभागिता गराउन नेपाली समाज टेक्ससले पहल गरिरहेको समाजका अध्यक्ष दिनेश शर्माले बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected