टेक्कस– अमेरिका प्राय घुम्न, पढनका लागी नै आउने गरेको पाइन्छ । तर कतिपय देशका जोडी घुम्ने बहानामा आफनो बच्चालाई नागरिकता दिलाउन यतै जन्म दिन पनि आउने गरेका छन् । अमेरिकाम यसरी जन्मेका आफना बाल बच्चालाई जन्मजात नागरिकता प्राप्त होस भन्ने उद्देश्य बोकेर आउने क्रम बढ्दो छ ।
यो क्रम बढेपछि ट्रम्प प्रशासनले ट्रम्प प्रशासनले अमेरिका घुम्न आउने गर्भवती महिलाको भिसामा रोक लगाउन गइरहेको छ ।
बच्चा जन्माउनका लागी अमेरिका आउन चाहने र सजिलै बच्चालाई अमेरिकी नागरिकता प्राप्त गर्न खोज्नेलाई अब ट्रम्प प्रशासनले भिसा रोक्दै नियम बनाउदैछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो कार्यकाल सुरु भएपछि नै गर्भवती महिलालाई अमेरिका भिसाको विरोधमा बोल्दै आएका थिए । अब एक दुई दिनमै अमेरिकी विदेश विभागले यसबारेमा नया नियम सहित रोक्न लगाउन गइरहेको समाचार स्रोतले बताएको छ ।
नया नियम संगै अब गर्भवती महिला पर्यटक भिसामा अमेरिका आउन का लागी भिसाको समस्या हुनेछ । अब भिसा प्राप्त गर्नका लागी गर्भवति महिलाले काउन्सिलर कार्यालयमा आफु अमेरिका जाने बारेमा स्पष्ट कारण दिनुपर्नेछ ।
राष्ट्रपति ट्रम्पले जन्मजात नागरिकतामा कडा कदम चाल्दै आएका छन् । उनि यसको कट्टर विरोध हुन । केही वर्ष यता अमेरिका आएर बच्चा जन्माउने र नागरिकता लिने कल्चर विकसित भइरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected