टेक्सस– टेक्ससका उत्तरपश्चिम हयुस्टनमा शुक्रबार एक निर्माण कारखानामा बिस्फोटन हुदा २ जनाको ज्यान जानुका साथै २ सय भन्दा बढी घरहरु क्षतिग्रस्त बनेका छन् ।
स्थानिय संचारमाध्यमहरुले जनाए अनुसार उक्त बिस्फोट ग्यास ट्याङकका कारण भएपछि क्षति पुगेको हो । केही घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । अहिले उक्त क्षेत्रलाई प्रका्ेप क्षेत्रको रुपमा घोषणा गरिएको छ । क्षतिको विवरण आइसकेको छैन । ह्युस्टन प्रहरी प्रमख आर्ट असेवेदोले विस्फोटनको मौका छोपी चोरीमा कोही सलग्न भएको पाइएमा पक्राउ गरिने र मुद्धा चलाइने बताएका छन् ।
विस्फोटनबाट आसपासमा रहेका घरहरुमा क्षति पुग्नुका साथै जनमानसमा त्रास उत्पन्न भएको छ ।
अमेरिका-राष्ट्रपति जो बाइडेनको ...
अमेरिका-अमेरिकाको ...