अमेरिका– अफगानिस्तानको नांगरहर प्रान्तमा शनिवार भएको आक्रमणमा धेरै अमेरिकी सैनिक मारिएको आंशका गरिएको छ ।
अमेरिकी सेनाका अधिकारीहरुको हवला दिदै एनबिसी न्युजले अफगान आक्रमणमा धेरै अमेरिकी सैनिक हताहती भएको जनाएको हो ।
घटनामा के कति हताहती भएको भन्ने बारेमा अहिले सम्म बिस्तृत विवरण केही आएको छैन । यस अघि अफगानिस्तानमा अमेरिकी सेनाका प्रवक्ता कर्नन सोनी लेगजेटले नागरहर प्रान्तमा अफगान र अमेरिकी सैनिकले अपरेशन चलाएको जनाएका थिए । सैनिकहरु एक्बुसमा परेको हुन सक्ने अनुमान गरिए पनि यर्थाथ आएको छैन ।
अधिकारीहरुले घटनाको आकलन गरिरहेका छन् र बिस्तृत आएपछि सार्वजनिक गर्ने जनाइएको छ ।
बिस्तृत विवरण आउन बाकी….
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...