अमेरिका – घरको वातावरण जस्तो हुन्छ, बच्चा बच्चीको व्यवहार पनि त्यही हुन्छ । घरको वातावरण खराब भए बच्चाको व्यवहार पनि उस्तै हुन पुग्छ । यो कुरालाई शोधकर्ताले अहिले आएर वैज्ञानिक रुपमा पुष्टि गरेका छन् ।
एक अध्ययनका अनुसार बाबुआमा बीचको भावनात्मक संम्बन्धले नै उनिहरुको छोराछोरीको भविष्य सही मार्गमा लैजाने क्षमता निर्धारण गर्छ । डेमोग्राफी जर्नलमा यो अध्ययन हालै प्रकाशित भएको छ । मिसीगन विश्वविद्यालय तथा क्यानडाको क्युबिकको मैकगिल विश्वविद्यालयका शोधकर्ताले अध्ययनका लागी नेपाली परिवारको तथ्याङक संकलन गरेको थियो ।
अध्ययनका सह लेखक विलियम एक्सिनले नेपाली परिवारमा जुटाइएको तथ्याङक अनुसार अध्ययनको यो तथ्यलाई पृष्टि गरेको बताएका छन् । यो अध्ययन नेपाली परिवारमा गरेपनि सबै सावैभौमिकहरुको अध्ययन भएको शोधकर्ताले बताएका छन् ।
अध्ययन अनुसार जसको बाबुआमामा माया र प्रेम हुन्छ तिनका बच्चा बच्चीले उच्च स्तरको अध्ययन गर्न सफल हुन्छन् ।
अध्ययनका प्रमुख लेखक सारा ब्रुनरले जब बाबुआमामा माया र प्रेम हुन्छ तब उनिहरुले पनि आपसे आप आफना बच्चा बच्चीसंग धेरै समय व्यतित गरिरहेका हुन्छन् । यसले नै बच्चा बच्चीको भविष्य सही दिशा तर्फ लैजान मदत पुग्छ । जुन घरमा तनाबको वातावरण छ, त्यसले बच्चा बच्चीलाई पनि तनावको स्थितिमा जीवन व्यतित गर्नुपर्छ । तनावले गर्दा बच्चा बच्चीले सही निर्णय लिन सक्दैनन ।
घरको वातावरण सही नभए बच्चा बच्चीमा गहिरो असर पर्नुका साथै उनिहरुको अध्ययन र स्कुल जान समेत प्रभावित हुने गरेको अध्ययनले बताएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected