अमेरिका– अमेरिकामा बसेर रुसका लागी जासुसी गर्ने एक मेक्सिकोका नागरिकलाई पक्राउ गरिएको छ ।
अमेरिकाको मियामी सहरमा बस्दै आएका हेक्टर एलेजांद्रो कबेरा फयुएटस पक्राउ परेका हुन । अमेरिकी न्याय विभागले अमेरिकी सरकारको एउटा ठुलो स्रोतमा जासुसी गरेको आरोप लगाएको छ । उनी सिंगापुरमा बस्दै आएका थिए । पछिल्लो साता उनले मियामीको यात्रा गरेर उनले यस्तो जासुसी गरेका थिए ।
उनी बस्दै आएको मियामी निवासमा सुरक्षा गाडले रोक्ने कोसिस गर्दा उनकै साथीले लाइसेन्स प्लेटको तस्विर खिचेका थिए ।
जब उनले मियामी छाडेर मेक्सिस जाने तयारी गरिरहेका थिए तब अमेरिकाको कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनले गैरकानुनी तरीकाबाट फोनमा उनको तस्विर फेला पारेपछि उनी पक्राउ परे ।
अमेरिका-राष्ट्रपति जो बाइडेनको ...
अमेरिका-अमेरिकाको ...