अमेरिका–अमेरिकामा कोरोनाभाइरस रोकथामका लागी संसदले पास गरेको ८.३ अर्ब डलरको बिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेका छन् । ट्रम्पको हस्ताक्षर संगै बिल पास भएको छ ।
अमेरिकी संसदले कोरोनाभाइरस संक्रमण संग लडन ८.३ अर्ब डलरको आपतकालिन व्यय विधेयक पारित गरेपछि विधयेकमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन ।
प्रतिनिधि सभाबाट बिल पारित भएको एक दिनपछि दुवै दलले यसलाई समर्थन गरेका थिए ।
यो रकम संघीय सार्वजनिक स्वास्थ्य विभागलाई जा“च तथा उपचारका लागी प्रदान गरिनेछ । यसका साथै कोरोनाभाइरस को सक्रमण संग लडन राज्य तथा स्थानिय सरकारलाई सहायता गरिने बताइएको छ ।
डेमोक्रेट सिनेटर पेट्रीक लिनले भने–अमेरिकी नागरिकले नेतृत्वबाट अपेक्षा राखेका छन्। उनिहरुलाई यो कुराको आश्वासन चाहिरहेका छन् किी सरकार उनिहरुको स्वास्थय र सुरक्षाका लागी तयार छ ।’ा
अमेरिकामा पहिलो पटक सियाटलमा कोरोनाभाइरसबाट मुत्यु भएपछि यसको सक्रमण अन्य राज्यमा पनि बढेर गएको हो । अहिले सम्म यो सक्रमणबाट अमेरिकामा १४ जनाको ज्यान गइसकेको छ । अमेरिकामा झण्डै १५ राज्यमा १८० जनामा यसको सक्रमण फैलिएको छ ।
अमेरिकामा अहिले कोरोनाभाइरस सक्रमण फैलिएपछि बाहिरबाट आउने यात्रुहरुलाई पनि विमानस्थलमा कडाइ गरिएको छ ।
अमेरिका-अमेरिकामा फेरि दोस्रो ...
अमेरिका-अमेरिकाले अब विना भिसा ...