अमेरिका– अमेरिकाको बाल्टीमोरमा एक नेपाली युवाकाे अकस्मात निधन भएको छ । आफनै कोठामा ३२ वर्षीय सुनिल केसी राेई सुतेकै अवस्थामा निधन भएको हो । उनको नेपालको स्थायी घर बाग्लुङ बुझीएको छ ।
उनको के कारणले निधन भएको भन्ने बारेमा भने अहिले सम्म केही खुलेको छैन । आफु काम गर्ने स्टोरमा केही दिनदेखि नआएपछि उनलाई खोज्न जादा घरको ढोका भित्रबाट चुकुल लगाइएको थियो । उनले ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । ढोका फोरेर हेर्दा उनी मृत भेटिएका थिए । उनकै बाल्टीमोरमा एक्लै बस्दै आएका थिए ।
विवाहित केसीले नेपालबाट परिवार ल्याउने तयारी गरिरहेका बेला उनको दुख्द निधन भएका साथीहरुले बताएका छन् ।
अमेरिका– विश्वमै प्रख्यात ...
अमेरिका-अमेरिकाको ओहोयोको ...